बडिगाड गाउँपालिकामा एमालेका अध्यक्ष पदका उम्मेदवार पाइजा माथि खुकुरी प्रहार

बागलुङ, २९ बैशाख । बुधबार राती बडिगाड गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार राजन कुमार पाईजा माथि साङ्घातिक हमला भएको छ ।

एमालेको पार्टी कार्यालयमा राती सुतिरहेको समयमा पाईजा सहित गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, गणेश पाईजा, निमेश आचार्य, किरण सुनार र चन्द्र पाईजा माथि आक्रमण गरी घाईते गराएको नेकपा एमाले बडिगाड गाउँकमिटिका अध्यक्ष कमलराज आचार्यले बताउनुभयो । उहाँले विज्ञप्ती निकालेर नेपाली काँग्रेस बडिगाड गाउँपालिकाका उपसभापति अर्जुन कुमार पाईजा सहित १५ जनाको हतियार सहितको टोलीले आक्रमण गरेको बताउनुभएको छ ।

अध्यक्षका उम्मेदवार राजनकुमार पाईजामाथी खुकुरी प्रहार गर्दा उनको हातमा गम्भिर चोट लागेको छ । युवा संघका कार्यकर्ता चन्द्र पाईजाको हात भाँचिएको छभने गणेश पाईजाको शनिरका बिभिन्न भागमा चोट रहेको नेकपा एमाले बागलुङका सचिव विष्णु भुसालले बताउनुभयो । चन्द्र र गणेशको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (प्रहरी उपरीक्षक) दयानिधी ज्ञावलीले घटनास्थलबाट एक जना र उक्त स्थानबाट चार वटा मोटरसाईकल नियन्त्रणमा लिएको बताउनुभयो । ‘दुवै पक्ष झगडाका लागि लागेको भन्ने देखिन्छ, हामिले सोधपुछ र अनुन्धानको काम गरिरहेका छौं’ प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले भने ‘चार वटा मोटरसाईकल पनि नियन्त्रणमा छन्, एक पक्षले घाईते भएको र अर्को पक्षले दुईजना कार्यकर्ता गायव गरेको भनेका छन् ।’

निर्वाचनका लागि मौन अबधि सुरुभएपछि आफ्ना काम सकेर पार्टी कार्यालय पुगेका उम्मेदार र कार्यकर्तामाथी आक्रमण भएको भन्दै एमालेले भत्र्सना गरेको छ । बडिगाड गाउँकमिटिका अध्यक्ष आचार्यले बिहिबार एक प्रेस बिज्ञप्ती जारी गदै घटनाको बिषयमा छानविन र दोषिमाथी कारवाहीको माग गरेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here