बागलुङ, २९ बैशाख । स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखको दुई दिनअघि अर्थात मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ, जुन समयमा कसैले पनि मत माग्न र मतदाता प्रभावित पार्न पाउने छैन । तर बागलुङमा भने मतदाता प्रभावित गर्ने केही छिफुट घटनाहरु भएका छन् ।
बुधबार राती बागलुङ नगरपालिका–३ तातोपानीबाट उमेद्वार सहितको समुह मत माग्न गाउँ पसेको खवर प्रहरीले पायो । उमेद्वारले पैसा बाढ्दै गरेको सूचना प्रहरी पाएको थियो । गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकामा प्रमुखका उमेद्वार बसन्तकुमार श्रेष्ठ त्यहाँ पुगेका थिए ।
एमालेका कार्यकर्ताहरुले हल्लागरेपछि प्रहरी पुग्दा श्रेष्ठ सहितको समुहले पैसा बाँढेको भेटिएन् । ‘हामिलाई खवर भएपछि प्रहरी तुरुन्तै त्यहाँ पुगेको हो, तर सूचना आएको जस्तो घटना त्यहाँ भेटिएन्’ प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले भने ‘प्रहरीले रातभर संवेदनशिल स्थानहरुमा निगरानी गरेको छ ।’