
बागलुङ, २० बैशाख । पाँच दलीय गठबन्धनको चुनावी सभा जिल्लाको बडिगाड–५ ग्वालीचौरमा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार सहितको टोलीले घरदैलोसंगै चुनाबी सभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गण्डकी थापा अधिकारी समग्र बडिगाड गाउँपालिकाको विस्तृत गुरुयोजना निर्माण गरी हरेक पक्षको योजनावद्ध विकास गर्ने बताईन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलावती शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण प्राप्त उपलब्धीहरु पनि गुम्ने खतरामा पुगेकाले पाँच दलीय गठबन्धन बनेको बताईन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, नेपाली काँग्रेस जिल्ला सदस्य माया केसी, जिल्ला सदस्य सरस्वती आचर्य, वडाध्यक्षका उम्मेदवार रमेश घिमिरे, वेदप्रसाद घिमिरे लगायतले बोलेका थिए ।
कलाधर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बुद्ध परियार सञ्चालन शिवलाल घिमिरेले गरेका थिए । मंगलबार गठबन्धनले बडिगाड–३ सिसाखानीमा चुनावी सभा गर्दैछ । बडिगाड गाउँपालिका अध्यक्षमा गण्डकी थापा अधिकारी, उपाध्यक्षमा भिमसेन वन र वडा नम्बर ५ मा रमेश घिमिरेको नेतृत्वमा रुख चिन्ह लिएर गठबन्धनका उम्मेदवारहरु चुनावी अभियानमा लागेका छन् ।