
बागलुङ, १३ कार्तिक । बागलुङका एक पुरुषको कोरोना भाइरस संक्रमणको कारण बिहिबार पोखरामा निधन भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड–१९ उपचार केन्द्रमा कार्तिक ८ गते आई.सि.यु.मा भर्ना भएका बागलुङ जिल्ला गल्कोट नगरपालिका–३ का ७२ बर्षिय पुरुषको आज साँझ ५ बजेर ५ मिनेट जाँदा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सह.प्रा.डा. अर्जुन आचार्यले विज्ञप्ती प्रकाशित गरि जानकारी गराउनु भएको छ । उहाँले निधन भएका पुरुषलाई कोभिड–१९ संक्रमित सहित निमोनिया र उच्च रक्तचापको समस्या रहेको बताउनुभयो ।
यससँगै बागलुङमा मृत्तकको संख्या ५ पुगेको छ ।










