
बागलुङ, १८ चैत
नेपाल उत्पीडित जातिय मुक्ति समाज बागलुङको अध्यक्षमा मनोज विक निरविरोध चयन हुनुभएको छ ।
मुक्ति समाजको शुक्रबार सम्पन्न ६ औँ जिल्ला सम्मेलनले विकको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा लक्ष्मण बराल, सचिवमा सुनिता विक, सहसचिवमा राजेश बोहरा र कोषाध्यक्षमा प्रेम परियार रहनुभएको छ ।
सम्मेलनले निरबहादुर विक, यामबहादुर चर्मकार, ओमबहादुर सुनार, चतुरबहादुर बोहरा र परशुनारायण बोहरालाई सल्लाहकार समितिमा चयन गरेको छ ।
सम्मेलन उदघाटन सत्रमा बोल्दै नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सदस्य जितु गौतमले जातिय विभेद अन्त्यका लागि राज्यले विशेष अभियान संचालन गर्नुपर्नेमा जोडदिनुभएको थियो ।
जातिय मुक्ति आन्दोलनको विषयमा प्रष्ट विचार र कार्यक्रम नभएका दलको सरकारबाट नेपाली दलित समुदायले परिवर्तनको अनुभव गर्न नपाएको बताउँदै उहाँले विभेद मुक्त समाज निर्माणको लागी नेकपा एमालेको नेतृत्व अनिवार्य भएको बताउनुभयो ।
कार्यक्रममा उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय महासचिव गणेश विक, नेकपा एमालेका वैकल्पीक केन्द्रीय सदस्य मनकुमारी केसी, गोविन्द नेपाली, मुक्ति समाजका केन्द्रीय सचिव मनोहर विक पौडेल नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, चतुरबहादुर बोहरा, राजकुमार बोसेल, सुरज बोसेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम मुक्ति समाजका संयोजक धनबहादुर परियारको अध्यक्षता, मनोज विकको स्वागत र सचिव नवीन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।








