लोकमार्ग कालोपत्रे गर्न ठेकेदारको हेलचेक्र्याइँ

अक्षते–घोडाबाँधे खण्डको बिहुँ काउलेमा कालोपत्रेको काम गर्दै मजदुर । तस्विरः नवीन शिशिर विक

बागलुङ, १६ मंसिर । राष्ट्रि«य गौरवको सडक आयोजना हो, मध्यपहाडी पुष्पलाल लोकमार्ग । नेपालको पूर्वपश्चिम जोड्न सडक आयोजनाको सबै भन्दा बढी खण्ड बागलुङमा पर्छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको अनुसार बागलुङ बजारको उपल्लाचौरदेखि रुकुमको सिमा पातीहाल्लेसम्म १२९ किलो मिटर सडकले चर्चेको छ ।

उक्त सडक खण्डले जिल्लाका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई प्रत्येक्ष जोडेको छ । जसको कारण दुर्गम मानिने पश्चिमका तीन स्थानीय तह निसीखोला, ढोरपाटन र बडिगाड गाउँपालिकामा सुगम बन्दै गएका छन् । लोकमार्ग आसपासमा बस्ती विस्तार तथा बजारीकरण बढ्दै गएको छ ।

लोकमार्गले चर्चेको कुल १२९ किलो मिटर सडक मध्ये एक सय चार किलो मिटर सडक कालोपत्रे गरिएको छ । लोकमार्गको प्रवेशद्धारको रुपमा रहेको बागलुङ–घोडाबाँधे खण्डको काममा ठेकेदार कम्पनीले हेलचक्राइँ गर्दा कालोपत्रे हुन सकेको छैन् । माथिल्लो खण्डको १२ किलो मिटर सडक मध्ये घोडाबाँधेदेखि बागलुङ बजारतर्फ करिव चार किलो मिटर सडक कालोपत्रे गरे पनि अन्य आठ किलो मिटर सडकको स्तरवृद्धिको काम जारी रहेको ठकेदार रामकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बागलुङ–उपल्लाचौरदेखि–अक्षते खण्डको १३ किलो मिटर सडक कालोपत्रेको काम अलपत्र छ । उक्त खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले कालोपत्रेको जिम्मेवारी लिएको थियो । माथिल्लो बिहुँ–घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसि जेभीले ुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

माथिल्लो खण्डमा छिफुट काम भए पनि तल्लो खण्ड अलपत्र अवस्थामा छ । तल्लो खण्डको ठेकेदार दिपेन्द्रबहादुर शाही सम्पर्क विहिन हुँदा जिल्ला प्रशासन कार्यालय बागलुङले मध्यपहाडी लोकमार्गको काम प्रगतिको अवस्था बुझ्न गत हप्ता आयोजना गरेको बैठकसमेत प्रभावित भएको थियो । शाही विगत डेढ महिनादेखि सम्पर्कमा नरहेको आयोजनाका प्रबन्धक शिव लामिछानेले बताउनुभयो । मुख्य ठेकेदार नै सम्पर्क विहिन भए पछि कामदार खटाएर निर्माणको काम गर्न कठिन भएको लामिछानेको भनाई छ ।

बूर्तिवाङदेखि पातीहाल्ले खण्डको ४१ किलो मिटर मध्य तीन ठाउँमा गरी पाँच किलो मिटर सडक पनि कालोपत्रे गर्न बाँकी छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर मिलन श्रेष्ठका अनुसार निसीखोला गाउँपालिकाको जुग्गाखोलातर्फ दुई किलो मिटर, पातीहाल्ने तीन किलो मिटर खण्ड कालोपत्रेको अन्तिम तयारीमा छन् ।

लोकमार्गको मुख्य समस्या बागलुङ–घोडाबाँधे खण्ड देखिएको छ । ठेकेदार कम्पनीले हेलचक्राइँ गर्दा उपभोक्ताले हिउँमा धुँलो र बर्खामा हिलोमा यात्रा गर्न बाध्य छन् । सडक कालोपत्रेको काम राख्दै स्थानीयले पटक पटक आन्दोलन गर्दासमेत सुनुवाई भएको छैन । दुवै खण्डको अन्तिम म्याद आउँदै चैत्रसम्म छ । चैत्रसम्म पनि काम नभए ठेक्क रद्ददेखी अन्य कानुनी कारर्वाही हुने इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

मध्यपहाडी क्षेत्रमा विकास र समृद्धिको मार्ग प्रशस्त गर्न पोल सरकारले राष्ट्रि«य गौरवको आयोजनाका रुपमा पुष्पलाल मध्यपहाडी राजमार्गको निमाण आरम्भ गरेको हो । राजमार्ग कुल १८७९ किलो मिटर लामो छ । यो सडक पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म फैलिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here