~मुक्तक-१
तिमीनै हौ मेरो लागि खास, तिमी बिना बाँच्दिन म त।
हुन्छु जिउदै मरे जस्तै लास,तिमी बिना बाँच्दिन म त।
धड्किदै धड्किदैन धड्कन , बग्दैन रगत नसाहरुमा।
रोकिन्छ चल्दैन मेरो सास , तिमी बिना बाँच्दिन म त।
~मुक्तक-२
माया लिने र दिनेहरुलाई ,बिर्सिन नसकिदो रहेछ ।
किन हो सम्झिनेहरुलाई , बिर्सिन नसकिदो रहेछ ।
आखिर भुल्न पाए पनि हुन्थ्यो , ती निष्ठुरीहरुलाई।
झन तिनै बिर्सिनेहरुलाई , बिर्सिन नसकिदो रहेछ ।
~मुक्तक-३
प्रेम भन्दा पनि, पवित्र, तिमीनै त छ्यौ ।।
मेरो एउटा असल मित्र,तिमीनै त छ्यौ ।।
जहाँ जाँउ टाढिएर,म त तिमी सँगै हुन्छु ।
मेरो यो “मन””मुटु”भित्र,तिमीनै त छ्यौ।।
~मुक्तक-४
आकाशमा जून रहनेछ जबसम्म ।।
पीरतिको धुन रहनेछ जबसम्म ।।
हाम्रो माया रहनेछ साथ रहनेछ ।
“शरिर”मा खुन रहनेछ जबसम्म।।
~मुक्तक-५
तिम्रो तस्बिर सँगै म मुस्कुराएँ भने।।
र तिमीलाई यी हातले समाएँ भने।।
तिमी बोल्छ्यौ कि बोल्दिन्यौ होला?
तस्बिर हेरी तिमीलाई बोलाएँ भने।।
~मुक्तक-६
ढुकढुकीमा बज्ने मादल बन्नु छ ।।
र उस्कै आँखाको गाजल बन्नु छ ।।
जे सुकै भनोस मलाई यो दुनियाँले।
हो उस्कै “माया”मा पागल बन्नु छ ।।
~मुक्तक-७
म बिना बाँच्दिन भन्ने बिचार भएको हुनुपर्छ।।
र त मेरै मात्र याद , लगातार भएको हुनुपर्छ ।।
नत्र यति धेरै बाडुल्कि ,किन लाग्थ्यो मलाई।
पक्कै पनि,उस्को र मेरो प्यार भएको हुनुपर्छ।।
~मुक्तक-८
तिमीलाई म सुनौलो ‘प्यार’ दिनेछु ।।
र मुस्काउने एउटा आ’धार दिनेछु।।
त्यो ‘गुलाब’को फूल नखोज तिमी ।
म आफ्नै यो “मुटु” उप”हार दिनेछु ।।
~मुक्तक-९
कल्पनीमा आउछु मलाई कल्पिएर बस ।।
सपनीमा आउछु मलाई सम्झिएर बस ।।
आउछु तिम्रो लागि जसरी पनि आउछु।
अझै केही “दिन”-‘रात’हरु पर्खिएर बस ।।
~मुक्तक१०
माया हारेन , हार्दै हारेन , उस्लाई सम्झिएर ।।
मन थाकेन ,थाक्दै थाकेन ,उस्लाई सम्झिएर।।
रात बित्यो ,दिन भयो , त्यसै बिताए धेरै रात।।
निद्रा लागेन, लाग्दै लागेन, उस्लाई सम्झिएर।।
~मुक्तक-११
तिम्रै तन मन तिम्रै जीवन भै दिन्छु ।।
सँगै जिउने मर्ने प्रेम बन्धन भै दिन्छु ।।
तिमीले माया र बिश्वास गरेर त हेर।
तिम्रै ढुकढुकीको म धड्कन भै दिन्छु।।
~ मुक्तक१२
तिम्रा सबै घृणालाई हटाईदिन्छु।।
र तिमीलाई मायाले सजाईदिन्छु।।
तिम्रो ‘मुटु’ -‘पत्थर’ भएर के भो?
पत्थरलाई म गुलाफ बनाईदिन्छु।।
~मुक्तक१३
काल छिटो नआउ ,म मर्दिन ,उस्को लागि बाँच्नु छ।।
ठिक हुनेछ घाउ , म मर्दिन , उस्को लागि बाँच्नु छ।।
“मुटु”मा छुरा हान , “मुटु”लाई , घोच – कोप जे गर।
चाहे विष पिलाउ,म मर्दिन,उस्को लागि बाँच्नु छ।।
~मुक्तक-१४
मन भित्र-भित्रनै मायाको दरबार भएको छ।।
र सपनीमा हाम्रो भेट लगातार भएको छ ।।
आजकल खुशीको कुनै ? सीमानै छैन यहाँ।
जुन दिन देखि तिमी सँग “प्यार” भएको छ।।
~मुक्तक-१५
मुटुभरी सर्न सक्छन है कोई कोई त।।
सबै कुरा गर्न सक्छन है कोई कोई त।।
खै के प्रमाण देखाउ म चोखो मायाको।
पक्कै पनि मर्न सक्छन है कोई कोई त।।
~मुक्तक-१६
प्रेमलाई चिन्न पनि सकिन्न।।
चुलेसीले छिन्न पनि सकिन्न।।
मान्छे हो किनिने बेचिने यहाँ ।
मायालाई किन्न पनि सकिन्न।।
~मुक्तक-१७
उ छम-छम पाउजु बजाएर आउथि।।
निर्दोष मनमा माया सजाएर आउथि।।
गुलाफको जस्तै मुस्कान थियो उस्को।
मलाई देख्थि अनि लजाएर आउथि।।
~मुक्तक-१८
मान्छेहरु ठाउको ठाउ मर्छन तिमी मुस्कुराएपछी।।
र फूलहरु ओइलिएर झर्छन तिमी मुस्कुराएपछि ।।
जून र ताराहरु तिम्रो रुप हेर्न दिउसै उदाउछन।।
झन लासहरु हिड्ने गर्छन तिमी मुस्कुराएपछि।।
©विश्व मल्ल
‘समर्पित’ (बिमस)
मोदी गाउँ पालिका-२
देउपुर, पर्वत