आज साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं, १६ बैशाख । स्थानीय तहको निर्वाचनका लागि देशैभर डेढ लाख बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । जस अन्तर्गत ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारले आज निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेहरुका लागि आज साँझ ५ बजेसम्मको समय दिएको छ । उम्मेदवारको नामावाली फिर्ताको समय सकिए लगत्तै आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ । आज नामावली प्रकाशन भएपछि शनिबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । चुनाव चिह्न प्रदान गरिसकेपछि वैशाख २७ गतेसम्म उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने छन् ।

वैशाख २७ राति १२ बजेपछि मौन अवधि सुरु हुने हुनेछ । स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ । स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा एमाले मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।

गठबन्धन गरेका दलहरुबाट विभिन्न ठाउँमा बागी उम्मेदवारी परेको छ। दलहरुले बागी उम्मेदवारलाई फिर्ताका लागि पहल गरिरहेका छन् । भरतपुर महानगरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालकाविरुद्ध नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । अन्य विभिन्न ठाउँमा पनि गठबन्धन र एमाले उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here