एमाले बागलुङ नगरपालिकाको निर्वाचन परिचालन कार्यालय स्थापना

बागलुङ, १५ बैशाख । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बागलुङले निर्वाचन परिचालन कमिटि कार्यालय स्थापना गरेको छ ।

निर्वाचनका गतिविधिलाई सहजीकरण गर्न बगालुङ नगरपालिका–२ स्थित मिलिजुली टोल कृषि विकास बैंक नजिकै कार्यालय स्थापना गरिएको नेकपा एमाले बागलुङ नगर कमिटिले जनाएको छ ।

उम्मेदवारीको अन्तिम नामावली पछि बागलुङ नगरपालिकाले प्रचार प्रसारको कार्यतालिका सार्वजनिक गर्ने र निर्वाचन परिचालन कार्यालयबाट सहजीकरण गर्ने, मिडिया संयोजन गर्ने लगायतका काम गरिने नेकपा एमाले बागलुङ नगरका सचिव रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

नेकपा एमालेकोे तर्फबाट बागलुङ नगरपालिकाको नगर प्रमुखमा जनकराज पौडेललाई दोहो¥याएको छ ।

नगर प्रमुख पौडेलले आफ्नो कार्याकालमा थुप्रै राम्रो काम गरेको र केही अधुरा काम पुरा गर्न पुन नगर प्रमुखमा उम्मेदवारी दिएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here