काठेखोलामा अध्यक्ष र महिला सदस्य पदका उम्मेदवार विरुद्ध उजुरी

बागलुङ, १३ बैशाख । काठेखोला गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका राजु थापा विरुद्ध उजुरी परेको छ ।

थापासँग बेल्जियमको पिआर भएको भन्दै उनका प्रत्याशि नेकपा एमालेका उम्मेदवार डिल बहादुर कार्कीले मंगलबार उजुरी दर्ता गरेको काठेखोलाका प्रमुख निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीले बताउनुभयो ।

जुनमा पदमा उठेको छ, सोहि पदका प्रत्यासीले मात्रै उजुरी दिने कानुनी व्यवस्था अनुसार अध्यक्ष पदका उम्मेदवार थापालाई कार्कीले उजुरी दिनुभएको हो । थापासँग बेल्जियमको नागरिकता रहेको र उहाँ गैरआवासिय नागरिक भएका कारण उजुरी परेको स्रोतले जनाएको छ ।  ‘बेल्जियमको पिआर भएको उजुरी परेपछि १६ गते प्रमाण सहित आउन भनेका छौं, प्रमुख निर्वाचन अधिकृत क्षेत्रीले भन्नुभयो–‘१६ गते प्रमाण हेरेर उजुरीको निर्णय हुन्छ ।’ पिआर भएका नागरिकले स्थानिय तहमा उम्मेदवार हुन पाउँदैनन् ।

काठेखोला गाउँपालिका अध्यक्ष पदमा तीन जनाको उम्मदवारी परेको छ । सत्तागठबन्धनबाट नेपाली काँग्रेसका राजु थापा, नेकपा एमालेबाट डिल बहादुर कार्की र नेपाल दलित पार्टीबाट गंगा बहादुर विकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै काठेखोला गाउँपालिका–३ धम्जाको महिला सदस्यमा उम्मेदवारी दिएकी नेकपा एसकी देउरुपा खड्का विरुद्ध पनि उजुरी परेको छ । खड्का स्वास्थ्य स्वयंसेविका भएको र राजिनामा नदिई उम्मेदवारी दर्ता गराएको भन्दै उजुरी परेको हो । खड्कालाई नेकपा एमालेबाट महिला सदस्य पदमा उम्मेदवारी दिनुभएकी टुल्कीदेवि खड्काले उजुरी दर्ता गराउनुभएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here