काठमाडौ, १३ बैशाख। निर्वाचन आयोगले १ लाख ४७ हजार २७४ जनाले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएको जनाएको छ। आज दिउँसो ३:१५ सम्मको अपडेट अनुसार १ लाख ४७ हजारभन्दा बढीले आइतवार र सोमबार उम्मेदवारी दर्ता गराएको विवरण आयोगले सार्वजनिक गरेको हो।
पालिका प्रमुखमा ३ हजार ४३० जना, पालिका अध्यक्षमा ३ हजार ३६३ जना, पालिका उपप्रमुखमा २ हजार ९६ जना र पालिका उपाध्यक्षमा २ हजार ३८२ जनाले मनोनयन दर्ता गराएका छन्।
यस्तै, देशभर वडा अध्यक्षमा ३४ हजार ३५७ जना, महिला सदस्यमा २५ हजार ३४५ जना, दलित महिला सदस्यमा २२ हजार ८९९ जना र सदस्यमा ५३ हजार ४०१ जनाले मनोनयन दर्ता गराएका छन्।