
कमल पौडेल
बडिगाड, १३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पालिका अध्यक्षमा पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसकी गण्डकी थापा अधिकारी, नेकपा एमालेबाट राजन कुमार पाइजा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन प्रसाद घर्ति र मंगोल नेशनल अर्गनाइजेसनबाट चुरा बहादुर घर्तिले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै अध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट अनिल गिरीले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसबाट भिमसेन वन, नेकपा एमालेबाट मिन कुमारी माझाी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिल कुमारी क्षेत्री र स्वतन्त्रबाट यामेन्द्र कुमार घर्तिले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसको टिकटबाट उपाध्यक्षमा उम्मेदवारी गर्दा गरेका राष्ट्रिय जनमोर्चाका वन गठबन्धनका साँझा उम्मेदवार हुन् । त्यस्तै नेपाली काग्रेसका नेता यामेन्द्र कुमार घर्तिले गठबन्धनको विरुद्ध बागि उमेदवारी दिनुभएको हो ।
यस्तै वडा नं. १ को अध्यक्षमा नेकपा एमालेको तर्फवाट दिनेश थापा र राष्ट्रिय जनमोर्चाको तर्फबाट बोम बहादुर थापाले उमेदवारी दिनुभएको छ । वडा नं. २ मा नेकपा एमालेको तर्फबाट ढाल प्रसाद शेरचन, नेपाली काँग्रेसको तर्फवाट डिल बहादुर राना र मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट विजय श्रीसले उम्मेदवारी दिनुभएको छ ।
यस्तै वडा नं. ३ मा नेकपा एमालेको तर्फबाट खड्क बहादुर पुन, नेपाली काँग्रेसको तर्फबाट लोकेन्द्र बहादुर घर्ति र स्वतन्त्र उमेदवारको रुपमा लोक बहादुर घर्तिले उम्मेदवारी दिनुभएको छ । वडा नं. ४ मा नेकपा एमालेको तर्फबाट प्रेम गलामी र नेकपा माआवादी केन्द्रको तर्फबाट मिलन रेश्मी, वडा नं. ५ मा नेकपा एमालेको तर्फबाट विष्णु प्रसाद आचार्य, नेपाली काँग्रेसको तर्फबाट रमेश बहादुर घिमिरे, राप्रपाको तर्फबाट शंकर खरेल, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट ससिराम पेमी र स्वतन्त्र उमेदवारको रुपमा ध्रुब बहादुर घिमिरेले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै वडा नं. ६ मा नेकपा एमालेको तर्फबाट नर बहादुर क्षेत्री र नेपाली काँग्रेसको तर्फबाट विर बहादुर खत्री, वडा नं. ७ मा नेकपा एमालेको तर्फबाट गंगा बहादुर गुरुङ र नेपाली काँग्रेसको तर्फबाट दिपेन्द्र प्रताप केसी, वडा नं. ८ मा नेकपा एमालेको तर्फबाट यम बहादुर श्रीस थापा र राष्ट्रिय जनमोर्चाको तर्फबाट जंग बहादुर बलाल थापाले उम्मेदवारी दिनुभएको छ । त्यस्तै वडा नं. ९ मा नेकपा एमालेको तर्फबाट पान बहादुर केसी, नेपाली काँग्रेसको तर्फबाट कृष्ण बहादुर केसी, राप्रपाको तर्फबाट राजेन्द्र बहादुर क्षेत्री र स्वतन्त्र उम्मेदवारको रुपमा मुक्त बहादुर श्रीसले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै वडा नं. १० बाट नेकपा एमालेको तर्फबाट पुठासिंह बुढाथोकी, नेकपा माओवादी केन्द्रको तर्फबाट बिरेन्द्र कुमार बुढा र राप्रपाको तर्फबाट धन बहादुर बुढाले उम्मेदवारी दिनुभएको छ । खुल्ला महिला सदस्यमा सवै वडाबाट गरि २१ जना, दलित महिला सदस्यमा २१ जना, खुल्ला सदस्यमा ४५ जनाको उम्मेदवारी परेको छ ।