बागलुङ, १२ बैशाख । सत्ता गठबन्धनका तर्फबाट बागलुङ नगरपालिकामा नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपप्रमुखमा माओवादीका राजु खड्काले मनोनयन दर्ता गराउनुभएको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेसबाटै उम्मेदवार बन्नुभएका श्रेष्ठ नेकपा एमालेका जनकराज पौडेलसँग पराजित हुनुभएको थियो ।
बागलुङमा सत्तारुढ पाँच दलिय गठबन्धनले दश पालिकामा भागबन्डा गरेर चुनावी एकता गरेका छन् ।
गठबन्धनबाट बागलुङ नगरपालिका वडा नम्बर १ मा काँग्रेसका जय केसी, वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादीका सुरज बोसेल, वडा नम्बर ३ मा काँग्रेसका सोनी केसी, वडा नम्बर ४ मा माओवादी केन्द्रका कुमार विक्रम क्षेत्री, वडा नम्बर ५ मा काँग्रेसका फुल प्रसाद सापकोटा, वडा नम्बर ६ मा काँग्रेसका टेक बहादुर थापा र वडा नम्बर ८ मा काँग्रेसका दिलिप पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै वडा नम्बर ८ मा काँग्रेसका छम बहादुर कार्की, वडा नम्बर ९ मा काँग्रेसका राजु थापा, वडा नम्बर १० मा एकीकृत समाजवादीका तिल बहादुर थापा, वडा नम्बर ११ मा काँग्रेसका ज्ञानेन्द्र गौतम, वडा नम्बर १२ मा जनमोर्चाका लोकनाथ शर्मा, वडा नम्बर १३ मा काँग्रेसका नारायण पौडेल र वडा नम्बर १४ मा काँग्रेसका चक्रबहादुर खत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
वडा नम्बर ७ मा माओवादी केन्द्रका महेन्द्र विश्वकर्माले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ ।
बागलुङका दशै पालिकामा पाँच दलिय गठबन्धनले वडा सदस्यसम्म पद बाडफाँड गरेर मनोनयन दर्ता गराएको छ ।