बागलुङ नगरपालिकाको मेयरमा एमालेबाट पौडेलको मनोनयन दर्ता

बागलुङ, १२ बैशाख । जिल्लाको बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट जनकराज पौडेलले मनोनयन दर्ता गराउनुभएको छ ।

बागलुङ नगरपालिकाको मेयर रहनुभएका पौडेलले पदबाट राजिनामा दिएर पुन मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा पौडेल र उपमेयरमा राप्रपाका संजय खड्काले मनोनयन दर्ता गराउनुभएको हो । खड्काले सुर्य चिन्हबाट उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

बागलुङ नगरपालिकामा नेकपा एमाले र राप्रपा नेपालले चुनावी गठबन्धन गरेका छन् ।

यस्तै नेकपा एमालेको तर्फबाट वडा नम्बर १ मा दुर्गा बहादुर बोहरा, वडा नम्बर २ मा राम बहादुर जिसी, वडा नम्बर ३ मा कमल खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै वडा नम्बर ४ मा राप्रपाका डिल्ली सापकोटा, वडा नम्बर ५ मा एमालेका हरि सापकोटा, वडा नम्बर ६ मा एमालेका रुद्र बहादुर केसी, वडा नम्बर ७ मा एमालेका मेघनाथ गैरे, वडा नम्बर ८ मा एमालेका राजन जिसी (जित), वडा नम्बर ९ मा एमालेका अगम थापा, वडा नम्बर १० मा एमालेका विजय थापा, वडा नम्बर ११ मा एमालेका चिरन्जिवी केसी, वडा नम्बर १२ मा गुरुदत्त पाठक, वडा नम्बर १३ मा एमालेका टेक बहादुर रोका र वडा नम्बर १४ मा एमालेका सुरेन्द्र आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

बागलुङ नगरपालिकाका तीन वटा वडाअध्यक्षमा एमालेका ३ जनाले बागी उम्मेदवारी दिएका छन् । वडा नम्बर ३ मा रामराज गुरुङ, वडा नम्बर ३ मा पुनम शर्मा र वडा नम्बर १० मा विष्णु प्रसाद शर्माले बागी उम्मेदवारी गर्दा गराउनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here