जित पछि काम गर्नु महत्वपूर्ण हो : सुनिता डंगोल

काठमाडौं, १२ बैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सुनिता डंगोलले मनोनयन दर्ता गराएकी छिन्।

मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिँदै उने आफ्नो जित सुनिश्चित भएको बताए। मत खसाल्नुअघि आफ्नो प्रतिबद्धता पत्र पढ्न आग्रह गर्दै उनले जित्नुभन्दा जितेपछि काम गरेर देखाउनु महत्वपूर्ण रहेको बताइन्।

उनले भनिन्, ‘जित भनेको जित मात्र होइन, जित पछि काम गर्ने हो।’

उनले काठमाडौंलाई सांस्कृतिक र स्वच्छ शहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताइन्। युवाको आवाजलाई एमालेले साथ दिएको उनको भनाइ थियो।

काठमाडुलाई स्वच्छ बनाउने। मैले मेरो प्रतिवद्दता रिलिज गरिसके। त्यो हरेक काठमाडौं बासिको आवाज हो। देशभरि लोकप्रिए एमाले हो। एमालेले युवाका विषय समावेश गरेको छ।

सुनिताले यसअघि काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी दिने बताएकी थिइन्। मनोनयन दर्ताको केही दिन अघिमात्रै उनलाई एमालेले महानगरको उपप्रमुखको उम्मेदवार बनाउने घोषणा गरेको थियो।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here