बागलुङ नगरपालिकाको प्रमुखमा विवेकशिल साझाबाट खड्काको उम्मेदवारी

बागलुङ, १२ बैशाख । बागलुङ नगरपालिकामा विवेकशिल साझा पार्टीले प्रमुख र वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ ।

विवेकशिल साझा पार्टीको तर्फबाट बागलुङ नगरपालिकाको प्रमुखमा सुरज खड्काले उम्मेदवारी दर्ता गराउनुभएको हो । सोमबार विहान ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खड्काले सुरज श्रेष्ठको प्रस्तावक र दिपेन्द्र खड्काको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै विवेकशिल साझा पार्टीको तर्फबाट बागलुङ नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा राजेश श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । श्रेष्ठको प्रस्तावक सन्तोष शर्मा र समर्थक सरोज श्रेष्ठ हुनुहुन्छ ।

नगरप्रमुखमा उम्मेदवारी दिनुभएका खड्काले बागलुङ नगरपालिकालाई सुन्दर नगर बनाउन र भ्रष्टचार मुक्त नगरपालिका गराउन आफुले उम्मेदवारी दिएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here