बागलुङका सबै पालिकामा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुख

बागलुङ, १२ बैशाख । नेकपा एमालेले दश वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पालिका कमिटीले गरेको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाएको हो ।

एमाले बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपालीका अनुसार बागलुङ नगरपालिकाको प्रमुखमा जनकराज पौडेल र उप प्रमुखमा पवित्रा रोका उमेद्वार तोकिएको छ । पौडेल पहिलो स्थानीय तह निर्वाचनबाट नगर प्रमुख बन्नुभएको थियो ।

एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मीना रायमाझी, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाई उम्मेदवारर बनाउने निर्णय गरेको छ । ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली र करमती पुनलाई एमालेले दोहोराउने भएको छ । बागलुङका बाँकी पाँचवटै स्थानीय तहमा यस अघि नै उम्मेदवारको टुङ्गो लागेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here