एमालेको जित कसैले रोक्न सक्दैनः थापा

बागलुङ, २५ फागुन । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख लिलाबहादुर थापाले नेकपा (एमाले) देशको पहिलो शक्ति भएको बताउनुभएको छ ।

नेकपा एमालेले काठेखोला गाउँपालिका वडा नं. ५ र ६ मा आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै सरकार निर्वाचन नगराउँने षडयन्त्रका साथ विभिन्न वहानाबाजीमा लागेको आरोप लगाउनुभयो ।

कार्यक्रममा पोलिटब्यूरो सदस्य मनकुमारी केसीले गत निर्वाचनमा जनताको साथ पाएर जनमुखी सरकार सञ्चालन गरेको एमाले अबको निर्वाचनमा पुनः बहुमतका साथ संसद र सरकारको नेतृत्व गर्ने दावी गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यं एवं बागलुङ इन्चार्ज गोविन्दबहादुर नेपाली, सहइन्चार्ज एवं प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिराबहादुर केसी लगायतले बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा काठेखोला गाउँपालिका कार्यपालिका सदस्य जमुनादेवी कँडेल, माओवादी केन्द्र समर्थित शिक्षक संगठनका जिल्ला सदस्य चिरञ्जीवी कँडेल, वडा नं. ५ का पार्टी कमिटि अध्यक्ष उमाकान्त कँडेल (गोपाल, गाउँ कमिटि सदस्य डिलबहादुर बिक, बलबहादुर बिक लगायत एक सय ६० जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here