६ दललाई मात्र दलीय चुनाव चिन्ह

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन् ।

आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा ८० वटा दलले आयोगमा दर्ता गराएको थियो ।

दल दर्ता गराए पनि मौजुदा कानुनी प्रावधानले गर्दा ती दलले आफ्नो दलको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने स्थिति रहेको छ । हाल आयोगबाट मान्यता पाएका दलको संख्या १ सय १० पुगेको छ । स्थानीय तह निर्वाचन ऐन-२०७३ र राजनीतिक दलसम्बन्धी नियमावली-२०७४ ले राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलले मात्रै चुनावमा निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ ।

राजनीतिक दल सम्बन्धी नियमावली-२०७४ मा प्रतिनिधिसभाको चुनावमा समानुपातिकतर्फ तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने प्रणालीमा कम्तीमा एक सिट प्राप्त गर्ने दललाई राष्ट्रिय मान्यता प्राप्त दलका रूपमा परिभाषित गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here