एमसीसी यथास्थितिमा पास हुँदैनः मन्त्री पौडेल

बागलुङ, २३ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यथास्थितिमा अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना पास नहुने बताउनुभएको छ ।

प्रेस सेन्टर बागलुङले आईतबार बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले अहिले सरकारको प्राथमिकता स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने र एमसीसी यथास्थितीमा पास हुने अवस्था नरहेको बताउनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुको समयावधि जेठमा सकिने भएकाले जेठमै निर्वाचन हुने बताउनुभयो । ‘स्थानिय तहका जनप्रतिनिधिहरुको समायवधी सकिने दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने थियो,’ मन्त्री पौडेलले भन्नुभयो–‘निर्वाचन आयोगले चैतमा निर्वाचनको गर्नको लागि समय सिफारिस नगरेको अब अव निर्वाचन आयोगले चुनावको तयारी गरेमा सरकार जेठ महिनामा चुनावमा जान तयार छ ।’

मन्त्री पौडेलले सदन नचलेको र एमसीसीको बारेमा सत्ता गठबन्धमा दुई वटा धारणा भएकाले यथास्थितिमा एमसीसी पास हुने अवस्था नरहेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन पश्चात राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अगाडी बढाउने बताउनुभयो ।

मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने समेत बताउनुभयो । ‘अब एक वर्ष भित्रैमा तीनै तहको चुनाव गर्नु पर्छ, तीन वटै चुनावबाट परिणाम नआउँदासम्म यो गठबन्धन रहन्छ,’ उहाँले भन्नुभयो–‘गठबन्धनमा भएका सिनियर नेताहरुको अहिलेसम्मको प्रतिबद्धता यही छ, गठबन्धनकै नेतृत्वमा तीनै तहको चुनाव हुन्छ ।’

मन्त्री पौडेलले शिक्षकहरुको दरबन्दी अन्त्य गर्नको लागि १८ हजार शिक्षक दरबन्दी खुलाउने बताउनुभयो । उहाँले देशभरका विद्यालय र शिक्षकको अनुपात अध्ययन गरी दरबन्दी थप्ने तयारीमा सरकार पुगेको बताउनुभयो । सरकारले आन्तरिक बढुवा खुलाउने, नयाँ दरबन्दी खोल्ने र विद्यालय गाभ्ने अभियान थाल्ने उहाँले बताउनुभयो ।

सङ्घीय शिक्षा ऐन, विश्वविद्यालय ऐन र प्राविधिक शिक्षा व्यवस्थापन गर्ने नयाँ ऐन बनिसकेको र संसद्मा लैजाने तयारी भएकाले कानुनी समस्या पनि छिट्टै अन्त्य हुने मन्त्री पौडेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here