
बागलुङ, २१ माघ । बागलुङमा रहेर राजनीति गर्दै आएका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा आवद्ध उनी मंगलबार एमाले प्रवेश गरेका हुन् ।
राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बनेका गल्कोट ११ रिघाका नेपाली त्यसपछि माओवादी केन्द्र प्रवेश गरेका थिए । माओवादी केन्द्र हुँदै पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा रहेका उनी शुक्रबार औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् ।
तत्कालिन समयमा नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपामै रहेका उनी शुक्रबार औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले उप—महासचिव पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गरे ।
एमाले प्रवेश गर्दै नेपालीले कम्युनिष्टका नाममा साना-साना झुपडीको आवश्यकता नरहेको भन्दै अब एउटै कम्युनिष्ट पापर्टीले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।