
बागलुङ, २९ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा नविन शिशिर विक चयन हुनु भएको छ । बिहिबार सम्पन्न भएको प्रेस चौतारी बागलुङको भएको छैठौँ जिल्ला अधिवेशनबाट विकको अध्यक्षतामा १९ सदस्य नयाँ नयाँ कार्यसमिति गठन गरिउको छ ।
समितिको उपाध्यक्षमा सिर्जना पन्त, झरना कँडेल, सचिवमा कमल पौडेल, सह–सचिवमा अर्जुन कार्की, हेमप्रसाद विक, कोषाध्यक्षमा खेमराज गौतम ‘सुवास’ चयन हुनु भएको छ ।
सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र शिव बोहोर चयन हुनु भएको छ ।









