
बागलुङ, २४ पुस । नेकपा एमाले बागलुङको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।
शुक्रबार उद्घाटन भएको एमाले बागलुङको नवौं अधिवेशनको शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
जिल्ला अध्यक्षका लागि कार्यबहाक अध्यक्ष कृष्ण पाठक, प्रदेश कमिति सचिवालय सदस्य हिरा बहादुर केसी र बडिगाड गाउँपालिका अध्यक्षसमेत रहेका एमाले नेता मेहरसिंह पाईजाले उमेद्वारी दर्ता गराएका छन् ।
यस्तै उपाध्यक्ष पदको लागि दुई जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीका निर्वाचन अधिकृत रामजी प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले उपाध्यक्ष पदको लागि राम बहादुर जिसी र लक्ष्मण पुनले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो ।
यस्तै सचिव पदमा विष्णु भुसालको मात्र उम्मेदवारी परेकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै २ उपसचिव पदमा ७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो । उपसचिवको लाग नेत्र विष्ट, राम बहादुर जिसी, चित्रकला छन्त्याल, गणेश बहादुर थापा, गणेश कुमार थापा, प्रेम लामिछाने र डम्मर श्रीसले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै २४ सदस्यीय खुल्ला सदस्यमा ३८ जनाको उम्मेदवारी परेको छभने १४ महिला सदस्यको लागि १५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।
उम्मेदवारी फिर्ताको समय आईतबार विहान साढे ८ बजेसम्म रहेको शर्माले बताउनुभयो । उहाँले सर्वसम्मत नभएमा विहान १० बजेदेखि मतदान प्रक्रिया अगाडी बढ्ने बताउनुभयो ।









