नेकपा एमाले बागलुङको सचिवमा भुसाल निर्विरोध निर्वाचित

बागलुङ, २४ पौष । नेकपा एमाले बागलुङको नवौं महाधिवेशनबाट जिल्ला सचिवमा विष्णु भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार बेलुका सम्पन्न भएको उम्मेदवारी दर्तामा सचिव पदमा भुसालको मात्रै उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचित अधिकृत शर्माले उम्मेदवारी दर्ता प्रकृया सम्पन्न भइसकेपनि आधिकारीक रुपमा सार्वजनिक नगरिएको बताउनुभयो । उहाँले उम्मेदवारहरुको नामावली रुजु गर्ने काम भइरहको र केहि समयमा उम्मेदवारहरुको आधिकारीक नामावली सार्वजनिक गरिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here