एमालेको केन्द्रीय सदस्यमा निर्वाचितलाई बागलुङमा बधाई

बागलुङ, १९ मंसिर । नेकपा एमालेको १० औ महाधिवेशनबाट नवनिर्वाचित एमालेका केन्द्रीय सदस्यहरुलाई बागलुङ सदरमुकाममा स्वागत, बधाई तथा शुभकामना कार्यक्रम गरि सम्मान गरेको छ ।

एमाले जिल्ला कमिटी बागलुङले १० औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका ईन्द्रलाल सापकोटा, साबित्रा राना, गोविन्द नेपाली र मनकुमारी केसीलाई स्वागत र सम्मान गरेको हो । केन्द्रिय सदस्यमा निर्वाचित लिलबहादुर थापा कार्यक्रममा उपस्थित थिएनन् ।

कम्युनिष्ट आन्दोलनको इतिहासमा बागलुङ जिल्लाबाट एकसाथ ५ जना एमाले नेताहरूले केन्द्रीय सदस्य पाउनु जिल्लाको सफलता भएको भन्दै अन्य भुमिका पनि प्रभावकारी बनाउनुपर्ने धारणा कार्यक्रममा बक्ताहरूले राखेका थिए ।

कार्यक्रममा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य ईन्द्रलाल सापकोटा, मनकुमारी केसी, साबित्रा राना, गोविन्दबहादुर नेपाली, गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हिरा केसी र प्रदेश कमिटी सदस्य जनकराज पौडेलले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला उपाध्यक्ष कृष्ण पाठकलाई कार्यवहाक अध्यक्षको जिम्मेबारी हस्तान्तरण गरिएको थियो ।

एमाले कार्यवाहक अध्यक्ष कृष्ण पाठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत गणेश थापा र संचालन सचिव विष्णु भुसालले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here