एमाले विरुद्ध हुने षडयन्त्रका असफल पार्न एकतावद्ध बनौं : एमाले नेतृ केसी

बागलुङ, ४ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी जिसी केसीले पार्टी विरुद्ध हुने सबै खाले षडयन्त्रलाई परास्त गर्न एमालेका सबै नेता कार्यकर्ता एकतावद्ध भएर अगाडि बढ्न आव्हान गर्नु भएको छ ।

एमालेले सत्ताको नेतृत्व गर्दा अगाडि बढाएका जनपक्षीय तथा सामाजिक रुपान्तरणका कामहरुबाट अत्तालिएर एमालेलाई कुनै पनि हालतमा सत्ताबाट हटाउने कसम खाएका देशी विदेशी सबै शक्तिलाई पराजित गर्न सम्पूर्ण पार्टी पंक्ति उत्साहका साथ अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो ।

नेकपा एमाले काठेखोला गाउँपालिका कमिटिको शनिवार आयोजित प्रथम वैठकलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेकी केसीले एमाले नेतृत्वको सरकारका पालामा शुरु गरेका भौतिक पूर्वाधार लगायत सामाजिक कार्यहरुलाई समेत वर्तमान सरकारले कटौती गरेको बताउनुभयो ।

मुलुकको दिगो विकास र सामाजिक रुपान्तरणका लागि यो देशमा एमालेको विकल्प नभएको दावी गर्दै नेतृ केसीले एमालेको रक्तरञ्जित झण्डामुनी बढी भन्दा बढी जनतालाइ सहभागी गराउनका लागि सबै नेता कार्यकर्ता सक्रियताका साथ लाग्न आव्हान गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य हुमा कुमारी जिसी (अञ्जु), केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा लगायतले एमालेले सञ्चालन गरेका जनपक्षीय कार्यक्रमहरुका बारेमा जनतालाई सचेत बनाउदै एमालेका विरुद्ध हुने षडयन्त्रहरुको शसक्त प्रतिकार गर्न नेता कार्यकर्ताहरुलाई आव्हान गर्नु भएको थियो ।

एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष युक्तप्रसाद कंडेल र सञ्चालन सचिव विद्यापती शर्माले गर्नु भएको थियो ।

वैठकले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशन सफल पार्न पालिकाबाट ६ सय भन्दा बढी नेता कार्यकर्तालाई सहभागिता गराउनका लागि सबै वडा कमिटिहरुलाई जिम्मेवारी प्रदान गरेको छ ।

महाधिवेशनमा जनपरिचालनका लागि पालिका अध्यक्ष डिल बहादुर कार्कीको संयोजकत्वमा पालिकाका पदाधिकारीहरु तथा वडा कमिटिका अध्यक्षहरु रहेको १३ सदस्यीय जनपरिचालन समिति गठन गरिएको छ ।

वैठकले पालिका अध्यक्ष डिल बहादुर कार्की, उपाध्यक्ष युक्तप्रसाद कंडेल, सचिव विद्यापती शर्मा, उपसचिव नर बहादुर क्षेत्री ’राजु’ र तिलक खड्का तथा भक्त बहादुर थापा, रामप्रसाद शर्मा, टेक बहादुर केसी, पहलमान थापा, डिल बहादुर विक, हरिलाल कंडेल, भक्त बहादुर कुँवर र खीम बहादुर थापा रहेको सचिवालय गठन गरेको छ ।

यसै पालिका कमिटिका उपाध्यक्ष युक्तप्रसाद कंडेलको संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ । विभागका सदस्यहरुमा गजेन्द्र भण्डारी, मन बहादुर बोहरा, बम बहादुर खड्का, बल बहादुर थापा, भीम बहादुर विक, नारायण कंडेल (राजु), याम बहादुर कार्की र खीम बहादुर थापा रहनु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here