प्रधानन्यायाधीशको राजीनामा माग्दै बागलुङका वकिलहरूको धर्ना

बागलुङ, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै बागलुङका कानुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।


आईतबार उच्च अदालत बार एसोसिएसन बागलुङमा आवद्ध वकिलहरुले उच्च अदालत पोखरा बागलुङ इजलासको गेटमा एक घण्टा धर्ना दिएका छन् । हातमा कालोपट्टी समेत बाधे र वकिलहरुले धर्ना दिएका थिए ।


वकिलहरूले उच्च अदालत पोखरा बागलुङ इजलास बागलुङको गेटमा बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म धर्ना बसेका हुन् ।

उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष अखिलनाथ शर्माले न्यायपालिकाको सुदृढीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसन केन्द्रीय समितिले गरिरहेको विरोधका कार्यक्रममा आफूहरुले ऐक्यबद्धता जनाएको बताउनुभयो ।


उहाँले मंगलवारसम्म दैनिक एक घण्टे धर्ना जारी रहने बताउनुभयो । एक घण्टा धर्ना पछि वकिलहरु अदालतले तोकेका मुद्दामा बहस गर्ने जनाएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here