
बागलुङ, २६ कात्तिक । नेकपा (एमाले)को आसन्न १० औं महाधिवेशनका लागि बागलुङ जिल्लाले सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको छ ।
यस्तै दुई महिला र चार खुल्ला प्रतिनिधित्व हुने बागलुङ क्षेत्र नं. १ बाट महिला तर्फ गण्डकी प्रदेशसभा सदस्य सावित्रा राना र गिता शर्मा चयन भएका छन्भने खुल्ला तर्फ गण्डकी प्रदेशसभा सदस्य एवम् जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रतिनिधिसभा सदस्य डा. सूर्य प्रसाद पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल र हिरा बहादुर खत्री सर्वसम्मत चयन भएका छन् ।
यस्तै यस्तै एक महिला र तीन अन्यको प्रतिनिधित्व हुने बागलुङ क्षेत्र नं. २ बाट महिलातर्फबाट यमुना राना, अन्यतर्फ पुराना नेता मोहनलाल शर्मा, पूर्व पार्टी उपाध्यक्ष सञ्जय शेरचन (सुनिल) र तुलसीराम अर्याल सर्वसम्मत चयन भएको नेकपा एमाले बागलुङका जिल्ला सचिव विष्णु भुसालले जानकारी दिनुभयो ।
सर्वसम्मत चयन भएका अर्याल नेकपा एकता पूर्व नेकपा माओवादी (केन्द्र)का केन्द्रीय सदस्य थिए । उनी एकता प्रक्रियामा एमालेमै रहेका हुन् ।
एमाले बागलुङले जिल्लाभरबाट दुई जना दलित प्रतिनिधिका लागि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष धनबहादुर नेपाली सर्वसम्मत चयन भएका छन् ।
क्षेत्र नम्बर २ मा निर्वाचन प्रकृया सुरु भएको पहिलो दिन बिहिबार नै सर्वसम्मत प्रतिनिधि चयन भएका थिएभने क्षेत्र नम्बर एकबाट क्षेत्र नम्बर एकबाट दुई महिलाका लागि पाँच जना र चार खुल्लाका लागि १२ जनाले उमेदवारी दर्ता गराएका थिए । शुक्रबार क्षेत्र नम्बर १ मा पनि सर्वसम्मत प्रतिनिधि चयन गरिएको हो ।
बागलुङमा पाँच हजार २६४ संगठित सदस्य मध्य बागलुङ क्षेत्र नं. १ मा तीन हजार चार सय र क्षेत्र नं. २ मा एक हजार ८६४ जना संगठित सदस्य रहेको जिल्ला सचिव विष्णु भुसालले जानकारी दिए ।









