
काठमाडौं, २६ कात्तिक । मंसिर १०–१२ गतेसम्म एमालेको १०औं महाधिवेशन हुँदैछ । सो महाधिवेशनमा एमालेले कार्यकर्ताबाट ९ कारोड उठाउने लक्ष्य लिएको छ ।
पार्टीका सबै संगठित सदस्यबाट कम्तीमा १–१ सय सहयोग गर्न आह्वान एमालेले गरेको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।
महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले व्यापारीबाट चन्दा नउठाई कार्यकर्ताबाटै उठाएको पैसाबाट महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।









