पर्वतमा सलाइको काटीको पटका बनाएर पट्काउँदा तीन जना घाईते

बागलुङ, १९ कार्तिक । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ फोरसेमा सलाईको काटीको बारुद्धबाट पटका बनाएर पट्काउँदा तीन जना घाईते भएका छन् ।

आज (शुक्रबार) दिउँसो सलाईको काटीको बारुद्धबाट पटका बनाएर पट्काउँदा जलजला गाउँपालिका–८ फोरसेका १७ वर्षका दिपक खत्री क्षेत्री, २५ वर्षका भुवन केसी र २२ वर्षका शिव केसी घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदिप पौडेलले जानकारी दिनुभयो ।

तिहारको बेला पटका पट्काउने भन्दै उनीहरुले सलाईको काटीको बारुद्ध निकालेर पट्काउँदा घाईते भएको इन्सपेक्टर पौडेलले बताउनुभयो । इन्सपेक्टर पौडेलले भुवन केसीको बायँ हातको तीन औला चुइटिएको र शिव केसीको दाया हातको पाखुरामा र दिपक खत्रीको बायँ घुडामा चोट लागेको बताउनुभयो ।

घाईतेहरुलाई धौलागिरी अस्पतालमा प्राथमिक उपचारपछि मनिपाल अस्पताल पोखरा रिफर गरिएको इन्सपेक्टर पौडेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here