जलजलाको टिम्मुरे गाउँ पहिरोको उच्च जोखिममा

राजन रेग्मी
बागलुङ, ३१ असार । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिबाङको टिमुरे गाउँ पहिरोको उच्च जोखिममा परेको छ ।

जलजला–८ नाग्लिवाङ आरुकोटेराका केहि स्थानीयले आफु खुसी बाढीको स्वरुप परिवर्तन गराएर अर्को बाटोमा पठाउदा बिभिन्न ब्यक्तिको करिब ५० रोपनीको खेतबारीका साथै टिम्मुरे गाउँनै उच्च जोखिममा परेको छ । केहि स्थानियले माथीबाट आएको लेदो सहितको ठुलो भेल गहिरैहेको कुलो भएको ठाउँबाट जाननदिई सडक तर्फ फर्काईदिदा सडकका साथै गाउँ र खेत जोखिममा परेको हो ।

स्थानीय भवानीशंकर पाध्याको करिब ६ रोपनी, मित्रलाल रेग्मीको करिब ४ रोपनी, गौमती पाध्याको करिब ४ रोपनी, जीवन्धर रेग्मीको करिब ६ रोपनी, हरि नारायण रेग्मीको करिब १ रोपनी, खिमबहादुर खत्रीको करिब २ रोपनी, धनबहादुर चपाईको करिब २ रोपनी , सिता चपाईको करिब २ रोपनी, नन्दलाल रेग्मीको करिब ४ रोपनी, दलबहादुर खत्रीको करिब ३ रोपनी, कृष्ण बहादुर खत्रीको करिब ३ रोपनी, नारायण प्रसाद उपाध्यायको करिब ४ रोपनी, परमानन्द उपाध्यायको करिब ६ रोपनी, चित्रबहादुर जिशीको करिब ४ रोपनी, डम्बर बहादुर केसी को करिब २ रोपनी खेतीपाती योग्य जमिन जोखिममा परेको छ ।

पानीको समस्या रहेको स्थानमाअहिले बाढीले आफुहरुलाई सताएको स्थानियले बताएका छन् । रातको समयमा आरुकोटेराको केहि स्थानियले लाकुरीबोट भन्ने ठाउँबाट पानी काटी सडकमा पानी पठाउदा खोलेटो भन्ने ठाउँमा पानीको वहाव बढ्दा लेदो तथा ढुङ्गा सहितको पानी गर्दा स्थानियले लगाएको कृषि बस्तुमा नोक्सान पुर््याउने गरेको स्थानिय राधा रेग्मीले बताएकी छन् ।

यस बिषयमा पटक–पटक आरुकटेरका स्थानिय र टिम्मुरेका स्थानिय बिच झगडा समेत परिरहेको स्थानियले बताएका छन् । खोलेटोमा केहि आरुकटेराका स्थानिय समेत खेती योग्य जमिन रहेको छ । खोलेटोमा जग्गा नहुने ब्यक्तिले यस्तो गरेको हुन सक्ने स्थानियको भनाई छ । तत्काललाई बैठक बसी समस्याको समाधानको लागि काम भैरहेको छ । पानी खोलेटोमा पठाउदा स्थानिय सुरदायखोलामा ठुलो पहिरो गई गाउँनै पहिरोको उच्च जोखिममा परेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here