आठौं राष्ट्रिय खेलकुदको लागि बागलुङमा महिला र पुरुष फुटबल खेलाडी छनौट

बागलुङ, ८ पुस
आठौं राष्ट्रिय खेलकुदको लागि बागलुङमा महिला तथा पुरुष फुटबल खेलाडीहरु छनौट गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघ बागलुङको आयोजनामा मंसिर २९ गते र पौष ७ गते दुई चरणको छनौटबाट महिला तर्फ १६ र पुरुष तर्फ १८ जना खेलाडीहरु छनौट गरिएको छ ।

महिला खेलाडीहरुमा सविना खड्का (कप्तान), सुस्मिता ठकुरी, ज्ञानु केसी, रञ्जिता खड्का, जस्टिना श्रीस मगर, ममता थापा, सुजाना श्रीस, पुनम क्षेत्री, दिबिना पुन, आशिका तथापा, विन्दु श्रीस, रेजिना पुन, सिमा थापा, सोनिया परियार, रोजिना पुन, सुमिना केसी रहनुभएको छ ।

यस्तै छनौट हुने पुरुष खेलाडीहरुमा आकाश केसी, लोकेन्द्र पुन, अविशेक सिर्पाली, मनिष क्षेत्री, दिलिप थापा, अरुन श्रीस, रोशन लामिछाने, खगेन्द्र घर्ति मगर, रविन खड्का, विपिन महत, सुरेन्द्र ठकुरी, सौगात खड्का (गोलकिपर), बिश्वास थापा (गोलकिपर), दिवस बुढाथोकी, सुशिल गोतामे, केवाल काउचा, सुनिल श्रीस रहेका छन् ।
जिल्लामा छनौट भएका खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौटमा जानेछन ।
गण्डकी प्रदेशको महिला फुटबलको छनौट बागलुङमा हुने फुटबल प्रशिक्षक प्रमेश थापाले जानकारी दिनुभयो । यस्तै पुरुषहरुको छनौट पोखरामा हुनेछ ।