बागलुङ एमालेको पालिका अधिवेशनः सात पालिकामा महिला प्रतिनिधित्व न्यून

बागलुङ, १० कार्तिक । नेकपा एमाले बागलुङको सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० पालिका मध्य सात पालिकामा एमालेले सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको छ । मंगलबार सुरु भएको अधिवेशनमा सात पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएपनि एक जना पनि महिला अध्यक्ष निर्वाचित हुन सकेनन् ।

बागलुङका १० पालिका मध्य सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको बागलुङ एमालेले ३५ जना पालिका पदाधिकारीमा जम्मा ६ जना महिलालाई मात्रै निर्वाचित गर्न सकेको छ ।

नेकपा एमाले बागलुङका सचिव बिष्णु भुसालले खबरवेडटकमलाई उपलब्ध गराएको ४ गाउँपालिका र ३ नगरपालिकाको पदाधिकारीहरुको नामावली हेर्दा उपाध्यक्षमा २ जना र उपसचिवमा पाँच जना निर्वाचित भएका छन् ।

गल्कोट नगरपालिका र तारखोला गाउँपालिकामा उपाध्यक्षमा र गल्कोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकामा उपसचिव पदमा महिलाहरु निर्वाचित भएका छन्भने ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा महिला पदाधिकारीहरुको सहभागिता शुन्य रहेको छ ।

गल्कोट नगरपालिकामा उपाध्यक्षमा तिला केसी र उपसचिवमा लक्ष्मी सुनार सर्वसम्मत चयन हुनुभएको छ । यस्तै ताराखोला गाउँपालिकामा उपाध्यक्षमा थममाया घर्ती, तमानखोला गाउँपालिकामा उपसचिवमा रुपा छन्त्याल र बडिगाड गाउँपालिकामा उपसचिवमा केशमाया छन्त्याल सर्वसम्मत चयन भएको एमाले बागलुङका सचिव विष्णु भुषालले बताउनुभयो । यस्तै बुधबार सम्पन्न भएको बागलुङ नगरपालिकामा उपसचिव पदमा गंगा केसी चयन हुनुभएको छ ।

सचिव भुषालले महिलाहरुको सदस्यता न्यून नै रहेको र राजनीतिमा क्रियाशिलताको अवस्था पनि कम भएकोले पदाधिकारीमा कम सहभागिता रहेको बताउनुभयो । उहाँले कमिटीमा ३३ प्रतिशत भन्दा बढि महिला सुनिश्चिता गरेको बताउनुभयो ।

भुषाले कतिपय पालिकामा महिलाहरु प्रतिस्पर्धामा आएको समेत बताउनुभयो । उहाँले बडिगाड गाउँपालिकामा जुना थापा अध्यक्षको दाबेदार रहेपनि सर्वसम्मतको लागि पछि हटेको बताउनुभयो । ‘बडिगाड गाउँपालिकामा जुना थापा अध्यक्षको दाबेदारको लागि इच्छा जाहेर गर्नुभएको थियो । सर्वसम्मतको लागि उहाँ पछि हट्नुभएको हो,’ सचिव भुषालले भन्नुभयो ।
बागलुङ नगरपालिकामा उपाध्यक्ष र उपसचिव पदमा २÷२ जना महिलाको उम्मेदवारी परेपनि सर्वसम्मत गराउने क्रममा उपसचिव पदमा एक जना महिलालाई मात्र निर्वाचित गराइएको छ ।

काठेखोलाको पदाधिकारीमा महिला, दलित र जनजातिको सहभागिता शुन्य

काठेखोला गाउँपालिकामा मंगलबार नै सर्वसम्मत नेतृत्व चयन गरिएपनि पदाधिकारीमा महिला, दलित र जनजातिको सहभागिता शुन्य रहेको छ ।

नेकपा एमाले काठेखोला गाउँ कमिटीको मंगलबार सम्पन्न प्रथम अधिवेशनले डिल बहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत ७५ सदस्य नयाँ कमिटी चयन गरेको थियो । ५ सदस्य पदाधिकारीमा महिला, दलित र जनजातिको सहभागिता शुन्य रहेको छ ।

कमिटीको उपाध्यक्षमा युक्त प्रसाद कडेल, सचिवमा विद्यापति शर्मा, उपसचिवमा तिलक खड्का र नर बहादुर क्षेत्री ’राजु’ चयन हुनुभएको छ ।

अधिवेशन सम्पन्न भएका बागलुङका सात स्थानीय तहका पदाधिकारी यसप्रकार छन् :
बागलुङ नगर कमिटी
१) अध्यक्षः धन बहादुर परियार
२) उपाध्यक्षः खिमराज सापकोटा
३) सचिवः रामकृष्ण शर्मा
४) उपसचिवः गंगा केसी
५) उपसचिवः कृष्ण बहादुर कार्की

गलकोट नगर कमिटी
१) अध्यक्षः पुर्ण कनउचा
२) उपाध्यक्षः तिला केसि
३) सचिवः दान बहादुर श्रीस
४) उपसचिवः पोष्टराज सुबेदी
५) उपसचिवः लक्ष्मी सुनार

ताराखोला गाउँ कमिटी
१) अध्यक्षः ऋषिराम रोका
२) उपाध्यक्षः थममाया घर्ती
३) सचिवः दुर्गा बहादुर बगाले
४) उपसचिवः डम्बरबहादुर छन्त्याल

तमानखोला गाउँ कमिटी
१) अध्यक्षः तारानाथ श्रीपाली
२) उपाध्यक्षः कुम बहादुर छन्त्याल
३) सचिवः लिल बहादुर पुन
४) उपसचिवः रुपा छन्त्याल
५) उपसचिवः चुनबिर दर्जी

काठेखोला गाउँ कमिटी
१) अध्यक्षः डिल बहादुर कार्की
२) उपाध्यक्षः युक्त प्रसाद कडेल
३) सचिबः बिधापती शर्मा
४) उपसचिबः तिल बहादुर खड्का
५) उपसचिबः नर बहादुर क्षेत्री

ढोरपाटन नगर कमिटि
१) अध्यक्षः लक्ष्मण पुन
२) उपाध्यक्षः निर्दाेष बि क
३) सचिबः ज्ञान प्रसाद कंडेल
४) उपसचिबः ईन्द्र घर्ती
५) उपसचिबः हेम प्रसाद बि क

बडिगाड गाउँ कमिटी
१) अध्यक्षः कमरेड कमलराज आचार्य,
२) उपाध्यक्षः कमरेड ईन्द्रजित थापा
३) सचिबः कमरेड दिनेश थापा
४) उपसचिबः केसमाया छन्त्याल
५) उपसचिबः महेन्द्र केसी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here