एमालेको पालिका अधिवेशनः बागलुङका ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन

बागलुङ, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको प्रथम पालिका (नगरपालिका/गाउँपालिका) अधिवेशन मंगलबारदेखि सुरु भएको छ ।

एमाले बागलुङको मंगलबार ७ पालिकाको अधिवेशन सुरु भएकोमा ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

गल्कोट नगरपालिकामा पूर्ण काउँचाको अध्यक्षतामा ७३ सदस्य सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । कमिटीको उपाध्यक्षमा तिला केसी, सचिवमा दान बहादुर श्रीस र उपसमितिमा पोष्टराज सुवेदी र लक्ष्मी सुनार रहनुभएको छ ।

यस्तै ताराखोला गाउँपालिकामा ऋषिराम रोकाको अध्यक्षतामा ७३ सदस्य गाउँ कमिटी चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा थममाया घर्ती, सचिवमा दुर्गा बहादुर बगाले र उपसचिवमा डम्बर बहादुर छन्त्याल रहनुभएको छ ।

तमानखोला गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा तारानाथ श्रीपाली सर्वसम्मत चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा कुम बहादुर छन्त्याल, सचिवमा लिल बहादुर पुन र उपसचिव रुपा छन्त्याल र उपसचिव चुनविर दर्जी रहनुभएको छ ।

यस्तै काठेखोला गाउँपालिका गाउँ कमिटीको अध्यक्षता डिल बहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छ ।

उपाध्यक्षमा युक्तप्रसाद कंडेल, सचिवमा विद्यापति शर्मा र उपसचिवमा तिल बहादुर खड्का र नर बहादुर क्षेत्री चयन हुनुभएको छ ।

यस्तै ढोरपाटन नगरपालिकामा लक्ष्मण पुनको अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यीय ढोरपालन नगर कमिटीको चयन भएको छ ।

कमिटीको उपाध्यक्षमा निर्दोष विक, सचिवमा ज्ञान प्रसाद कंडेल र उपसचिवमा इन्द्र घर्ती र हेम प्रसाद विक रहनुभएको छ ।

यस्तै बडिगाड गाउँपालिकामा कमलराज आचार्यको अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।

कमिटीको उपाध्यक्षमा इन्द्रजित थापा, सचिवमा दिनेश थापा र उपसचिव केशमाया छन्त्याल र महेन्द्र केसी रहनुभएको छ ।

मंगलबारबाट नै सुरु भएको बागलुङ नगरपालिका नगर कमिटीमा बुधबार विहानसम्म सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भएपनि आकांक्षीहरु पछि नहटेपछि विहानैदेखि अध्यक्ष मण्डलले सर्वसम्मत गराउने प्रयास गरिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here