
बागलुङ, ६ कार्तिक । बागलुङ जिल्लाको बागलुङ नगरपालिकाको अधिकांश वडाहरुमा एमालेको वडा अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन भएका छन् ।
शनिबार भएको वडा अधिवेशनबाट बागलुङ नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ८, ९, १०, १२, १३ र १४ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छभने ६ नम्बर वडामा नेतृत्व चयन हुन सकेको छैन । वडा नम्बर ११ रायडाँडामा अधिवेशन सुरु भएको छैन ।
वडा नम्बर १ मा सुर्य लामिछाने क्षेत्रीको अध्यक्षतामा ३१ सदस्य नयाँ कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा कमिटीको उपाध्यक्षमा मनोज बोहोरा, सचिव नवराज गौतम, सहसचिव मुकुन्द शर्मा र धना बहोरा चयन हुनुभएको छ ।
यस्तै वडा नम्बर २ मा तोयानाथ गौतमको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । उपाध्यक्षमा बुद्धिमाया थापा, सचिवमा तेजबहादुरथापा तथा उपसचिवमा अञ्जन शर्मा र बिष्णु बिक रहेका छन् ।
यस्तै वडा नम्बर ३ मा कमल खड्काको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । उपाध्यक्षमा लक्ष्मण शर्मा, सचिव डोलेन्द्र केसी, उपसचिवमा रुपेश शर्मा र दुर्गाकुमारी शर्मा चयन भएका छन् ।
बानपा ४ मा गणेश शर्मा र बानपा ५ मा गोबिन्द सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
बानपा ६ मा यो समाचार तयार पार्दासम्म टुंगो लागेको छैन् ।
बानपा ७ वार्ड कमिटी अध्यक्षमा मेघनाथ गैर सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्ष रमेश किसान, सचिव हेमराज गौतम, उपसचिव कृष्ण कार्की र दुर्गा पौडेल चयन हुुनुभएको छ ।
वडा नंं ८ मा सुरेश मल्ल, वडा नं. ९ मा रुद्र खड्का, वडा नंं १० मा बिजय थापा अध्यक्ष चयन भएका छन् । वडा नंं. ११ मा अधिवेशन शुरु भएको छैन । वडा नंं १२ मा ज्ञानेन्द्र ढकाल अध्यक्ष चयन भए । वडा नंं १३ मा टेकबहादुर रोका, वडा नंं १४ मा महेन्द्र शर्मा निर्विरोध अध्यक्षमा चयन भएका छन् ।