
बागलुङ, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वडा अधिवेशनमा काठेखोला गाउँपालिकाको ६ वटा वडामा सर्वसम्मत नयाँ कमिटी चयन भएका छन् ।
शनिबार सम्पन्न भएको अधिवेशनले काठेखोला गाउँपालिका वडा नम्बर १ पालामा भीम बहादुर खड्का अध्यक्षमा चयन हुनुभएको छ ।
वडा नम्बर ३ धम्जाको वडा कमिटी अध्यक्षमा खिम बहादुर छन्त्याल निर्वाचित हुनुभएको छ । कमिटीको उपाध्यक्षमा क्यापटेन प्रेम बहादुर घर्ति, सचिव सुर्य बहादुर भण्डारी उपसचिव चन्द्र बहादुर भण्डारी र भिमलाल आले चयन हुनुभएको छ ।
यस्तै वडा नम्बर ४ तंग्राममा सुरेश घर्ती, ६ बिहुँमा थानेश्वर कँडेलको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ ।
यस्तै वडा नम्बर ७ रेशको वडा कमिटी अध्यक्षमा भुमिराज गौतम निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रामचन्द्र गौतम र उपसचिवमा महेन्द्र कार्की र उजेली शर्मा चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ काठेखोला ७ रेशको संयोजकमा बुद्धि कार्की चयन हुनुभएको छ ।
यस्तै वडा नम्बर ८ लेखानीको वडा कमिटी अध्यक्षमा डम्बरसिंह घर्ती निर्वाचित हुनुभएको छ । कमिटीको उपाध्यक्षमा बासुदेव कंडेल, सचिवमा पुर्ण बहादुर पुन, उपसचिवमा देवबहादुर श्रीस र कल्पना श्रीस चयन हुनुभएको छ ।
भेलाले लिल बहादुर विकको संयोजकत्वमा १३ सदस्य युवा संगठन गठन गरेको छ । संगठनको सहसंयोजकमा प्रेम पुन, सदस्यहरुमा कमल कुमार बस्याल, सन्तोष वि.क., दल बहादुर विक, धन बहादुर विक, पूर्ण बहदुर विक, चन्द्र बहादुर क्षेत्री, साजन गौतम, भविलाल सुनार, इन्द्र बहादुर पुन, सुदिप क्षेत्री र पूर्ण बहादुुर विक रहेका छन् ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा र वडा नम्बर ५ विहुँमा अधिवेशन सुरु भएपनि यो समाचार तयार पार्दासम्म नेतृत्व चयनको टुंगो लागेको छैन् ।
गाउँपालिकाको वडा कमिटी ३१ सदस्यीय हुने व्यवस्था छ । सबै वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था अनुसार महिला सहभागिता गराईएको छ ।











