
बागलुङ, १ कार्तिक । नेकपा एकीकृत समाजवादी बागलुङको इन्चार्जमा श्रीप्रसाद शर्मा चयन हुनुभएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले शर्मालाई जिम्मेबारी दिएको हो ।
शर्मा सो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

यस्तै सहइन्चार्जमा राष्ट्रियसभा सदस्य तथा सो पार्टीकी केन्द्रीय कमिटी बैकल्पिक सदस्य शान्तिकुमारी जिसीलाई चयन गरेको छ ।

यसैगरी बैठकले स्थायी कमिटी सदस्य रामजी शर्मालाई गण्डकी प्रदेशको उपाध्यक्ष र मुस्ताङ जिल्ला इन्चार्ज तोकेको छ । शर्मा बागलुङ निवासी हुनुहुन्छ ।