नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ

पोखरा, ३१ असोज । कास्कीको पोखरा महानगरपालिका–१३ बाझापाटनबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३७ वर्षीय अर्जुन गुरुङ र ३५ वर्षीय विनोद विक रहेका छन् ।

उनीहरुको साथबाट १४ एम्पुल डाईजापाम, १४ एम्पुल फेनारगन, १४ एम्पुल नुर्फिन र नगद २६ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here