लाञ्छना र शंकाले परदेशीका श्रीमतीलाई तनाव

बागलुङ, ३० असोज । बागलुङ नगरपालिकाकी २८ बर्षिय सिता विक (नाम परिवर्तन) का श्रीमान विगत दुई बर्षदेखि वैदेशिक रोजगारीको क्रममा बहराईन हुनुहुन्छ । सिताले छोराछोरी घर गृहस्ती सम्हालेर बस्नुभएको थियो । वि.स २०७६ सालमा श्रीमान बहराईन गए पछि घरमा दुःख सुख गरेर बस्दै आउनुभएकी विकलाई समय वित्दै जाँदा परिवारका सदस्यले विभिन्न आरोपमा लाञ्छना लगाउने तथा भेदभाव गर्न सुरु गरे ।
घरका काममा देवरले सघाउन थाले पछि देवर भाउजुबीच अनैतिक सम्बन्ध भएको भन्दै परिवारका सदस्य र देउरानीले आरोप लगाउन थाले । देवर भाउजुको सम्बन्ध बारे विदेशमा भएका श्रीमानलाई सुचना दिने धम्की बारम्बार दिन थाले पछि श्रीमानसँग सम्बन्ध विग्रने चिन्ताले विकलाई पिरोल्न थाल्यो ।
सितालाई दिन प्रतिदिन मानसिक तनाव बढ्दै गयो । एकातिर घर व्यवहार, बालबच्चाको स्याहारसुसार, रेखदेख, मेलापातको बोझ अर्काे तर्फ परिवारका सदस्य र देउरानीको गाली र लाञ्छना ।
परिवारकै सदस्य कुरा काट्ने नानाथरी आरोप लगाउने, श्रीमान घर नभएको हुँदा अश्लिल शब्द प्रयोग गरेर गाली गर्ने तथा कहिले काँही त भौतिक आक्रमणकोसमेत धम्की र प्रयास हुन थाले पछि विक मानसिक रुपमा विछिप्त हुनुभयो । मनमनै पिर चिन्ताले पिरोल्ने, घरको कामगर्न मन नलाग्ने, छोराछोरी कसैको माया नलाग्ने समस्या देखिन थाल्यो ।
परिवार र श्रीमानको व्यवहारबाट विछिप्त विकमा खाना मन नलाग्ने, मन खिन्न भैरहने जस्ता समस्या देखियो । मानसिक तनाव बढ्दै गए पछि उहाँले धेरै पटक आत्महत्या र परिवारका सदस्यको हत्या गर्नेसम्मको योजना बनाउनुभयो ।
देवरका परिवार सबैलाई मारेर मात्रा आफु पर्ने योजना विकले बनाउनुभएको थियो । त्यसको लागि उहाँले मुसा मार्न प्रयोग गर्ने विषको व्यवस्थापन समेत गर्नुभयो । संयोगवस उहाँसँग मनोसामाजिक परामर्शको भेट भए पछि सबै घटना क्रम रोकिएको छ । देवरको परिवार र स्वयम विकको जीवन रक्षा भएको छ ।
बागलुङ नगरपालिकाकै सुनिता परियारको श्रीमान विगत दुई बर्षदेखि कतारमा छन् । विदेशबाट उनीले श्रीमतिलाई भिडियो कलमार्फत जहिले पनि अश्लिल गतिविधि गर्न दवाव दिने गर्नु हुन्थ्यो । श्रीमानको निर्देशन स्वीकार नगरे अनेक गाली गलौज र धम्की दिन थाले पछि परियार मानसिक तनावमा परिने । कहिले काँही घर माईत आउँदा जाँदा सुसुराले छोड्न ÷ल्याउन जान गरे पछि परियारका श्रीमानले आफ्नै श्रीमती र बाबुका सम्बन्धलाई लिएर शंका व्यक्त गर्न थाल्नुभयो । परियार दिन प्रतिदिन कमजोर हुँदै जानुभये । उहाँको मनमा आत्महत्या गर्ने सोच मात्रा आउन थालेको थियो । परियार पनि मनोसामाजिक परामर्शको सम्पर्कमा आए पछि जीवनलाई नयाँ लयमा फर्कनुभएको छ ।
पटुकीमा डोरी लिएर मृत्युको बाटोमा हिड्दै गरेको अवस्थामा विकलाई मनोसामाजिक परामर्शकर्ताले मधु पौडेलले भेट्नभएको थियो । पहिलो भेटले तत्काल मृत्यको घटना रोक्यो । अवस्था अतिनै जटिल भएको हुँदा उहाँलाई सामान्य जीवनमा फर्काउन एघारौँ पटकसम्म भेट गर्नुपरेको सुरक्षित आप्रवासन परियोजना (सामी) मा कार्यरत मनोसामाजिक परामर्शकर्ता मधु पौडेलको भनाई छ ।
विकमा डिप्रेशन, चिन्ताका लक्षण देखिएकोको हुँदा उच्च जोखिम मापन गरी धौलागिरि अस्पतालमा लगेर मनोचिकित्ससँग परामर्श गरेर उपचार गरिएको थियो । ‘भेटघाटमा केही हप्ता ढिला भएको भए ठुलो दुर्घटना हुने थियो’ पौडेलल भन्नुभयो–‘पराममर्श पछि उहाँले विक सामान्य जीवन यापनमा फर्कनुभएको छ ।
‘मैले मृत्यु बाहेक अन्य विकल्प देखेको थिएन’ विकले भन्नुभयो–‘परामर्श पछि आफुलाई सम्हाल्ने विधि सिके, श्रीमान र छोराछोरीसँगको सम्बन्ध बलियो भएको छ ।’ मनोपरामर्श पछि पुनःजीवन प्राप्त गरेको विकको भनाई छ । ‘जीवन जिउन अनेक विकल्प हुने रैछन’ उहाँले भन्नुभयो–‘कसैसँग बदला लिनुभन्दा आफ्नो समस्यालाई समाधान गर्नु उक्त विकल्प हुनेरैछ ।’ विकलाई आत्मबल बढाउने विधिमार्फत परामर्श गरिएको थियो । देउरानीले कुटपिट समेत गरेको हुँदा निःशुल्क कानुनी उपचार र औषधी उपचार गर्न ओसिएमसीसँग समन्वय गरेको सामी परियोजना बागलुङका संयोजक मिनप्रसाद उपाध्यायले बताउनुभयो । विकले आफुसँग सावुन बनाउने सिप भएको हुँदा आवश्यक सहयोग प्राप्त गरे उद्योगी बन्ने योजना बनाउनुभएको छ ।
नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता अनुसार सामी/हेल्भेटासको प्राविधिक सहयोग, स्थानीय तहको नेतृत्व र विवाईसीको स्थानीय व्यवस्थापनमा बागलुङकोे बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिमा सुरक्षित अप्रवासन परियोजना सञ्चालनमा छ । परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि परामर्श तथा सुचना प्रवाह, निःशुल्क कानुनी सेवा, निःशुल्क सीप तालिम, मनोसामाजिक परामर्श तथा वित्तिय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनस्थपनाको काम गर्दै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here