नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं, २७ असोज । नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो ।

नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । तेस्रो खेलमा भारतसँग १-० को हार बेहोरेपनि नेपालले अन्तिम खेलमा आफू अनुकुल बराबरीको नतिजा निकाल्दै फाइनलमा स्थान बनायो ।

नेपाल यसअघि ५ पटक सेमिफाइनलमा पुगेर फाइनल पुग्नबाट बन्चित भएको थियो । पछिल्लो पटक सन् २०१८ मा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित हुँदै सेमिफाइनलमा बाहिरिएको थियो । त्यसअघि सन् २०१३ र २०११ मा अफगानिस्तानले नेपाललाई सेमिफाइनलमा हराएको थियो ।

सन् १९९५ मा श्रीलंकासँग हारेको नेपाल सन् १९९९ मा भने बंगलादेशसँग पराजित भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here