ललितानिवास जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईको मुद्दाको छिनोफानो १५ कात्तिकमा

काठमाडौं, १८ असोज । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईको सुनवाई सर्वोच्च अदालतले आगामी १५ कात्तिकमा फैसला सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले ललितानिवास प्रकरणमा दुवै प्रधानमन्त्रीलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा नलगाउने अख्तियारको निर्णय कानुन विपरीत भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २०७६ माघमा नै सर्वोच्चमा दायर भएको रिट पटक पटक सुनुवाइ स्थगित हुँँदै आएको छ ।

नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here