२४ घण्टामा थप १ हजार ३० जनालाई कोरोना संक्रमण

काठमाडौं, १८ असोज । नेपालमा थप १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा सोमबार १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा पीसीआर र एन्टिजिन गरी १० हजार ८७४ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

५ हजार ८९३ जनाको पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ८९१ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here