१० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने

काठमाडौं, १८ असोज । भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ ।

भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए ।

दाहालका अनुसार उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ ।

उनले भने,‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने ओपचारिक जानकारी दिएको छ,दशैं अगाडि नै खोप ल्याउने तयारीमा हामी छौं ।’ गोरखापत्र दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here