
बागलुङ, १७ असोज । अपाङ्गता भएका व्यक्तिले स्थानीय तह अपाङ्ग मैत्री नभएको गुनासो गरेका छन् ।
अपाङ्ग सरोकार संघको नवौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्नै अपाङगता भएका व्यक्तिहरुले संघीयताको कार्यान्वयन पछि विगतमा भएका सेवा सुविधा र सहभागीता कटौती भएका गुनासो गरेका हुन ।
‘अपाङ्गता भएका व्यक्तिले गाविस हुँदा पाएको सुविधा गुमाएका छन’ संघका आजिवन सदस्य जगुपति कँडेले स्थानीय तह कार्यान्वयनमा आए पछि बजेट, नीति निर्माणमा अपाङ्गहरुको सहभागीता छैन ।’
स्थानीय तह अपाङ्ग मैत्री हुनुपर्ने उनीहरुको माग छ । बहिरा संघ बागलुङका सललाहकार सन्तोष पौडेलले सबै स्थानीय तहले अपाङ्गताको बर्गीकरण अनुसार तथ्याङ्क संकलन गरी शिक्षा, स्वास्थ्य, रोजगार तथा सिप मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गर्नुभयो ।
स्थानीय तहमा निर्माण गर्ने योजना तर्जुमा, कार्यक्रम छनोट तथा बजेट विनियोजनमा अपाङ्गता भएका व्यक्तीलाई सहभागी गराउन उनीहरुमाले माग गरेका थिए । लक्षित बर्गमा विनियोजित बजेटले सबैलाई सम्बोधन गर्न नसकेको उनीहरुले गुनासो थियो ।
सरकारले अपाङ क्षेत्रको समस्या समाधान गर्न पालिका स्तरमा पुग्ने गरी अपाङ्ग विभाग गठन गरेर काम गर्नुपर्ने अपाङ क्षेत्रका अभियन्त केवी राना मगरको भनाई थियो । ग्रामिण तथा दुर्गम क्षेत्रका अपाङ बालबालिका शिक्षाको पहुँच बाहिर रहेका छन । बहिरालाई दोभाषे, दृष्टि विहिनलाई सहयोगी, शारीरिक अपाङलाई सहयोगी सामग्रीको व्यवस्थापन गर्नुपर्ने अपाङ सरोकार संघका अध्यक्ष चिजा थापाले बताउनुभयो ।
संघको नवौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले चिजा थापा मगरको अध्यक्षतामा ९ सदस्य नयाँ समिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा होमनाथ शर्मा, सचिवमा टिकाराम सापकोटा, सहसचिवमा टेकनाथ आचार्य र कोषाध्यक्षमा धर्मराज आचार्य चयन हुनुभएको छ ।
यस्तै समितिको सदस्यहरुमा नारायण श्रीस, भिमादेवी वि.क., बुद्धिमाया घर्ति र कुमार पुन चयन हुनुभएको छ ।