
काठमाडौं, १७ असोज । एमालेको कार्यकारी पदमा उम्मेदवार हुन उमेर हद निर्धारण गरिएको छ ।
ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासिचव विष्णु पौडेलले ७० वर्ष नाघेपछि कार्यकारी पदमा उठ्न नपाइने जानकारी दिए ।
पौडेलले कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नाघेपछि उम्मेदवारी दिन नपाइने तर कुनै व्यक्ति कार्यकारी पदमा रहिरहेका बेला ७० वर्ष पुग्यो भने सो कार्यकालभरि पदमा रहिरहन पाउने बताएका थिए ।
कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उही तहको कार्यकारी पदमा एउटा व्यक्ति दुई पटकभन्दा बढी कार्यकाल उम्मेदवार बन्न नपाउने पिन उनले स्पषट पारे ।