नेकपा (एकीकृत समाजवादी) बागलुङको सचिवालय गठन

बागलुङ, १७ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी बागलुङले सचिवालय गठन गरेको छ ।

शनिबार बसेको जिल्ला कमिटी बागलुङको प्रथम बैठकले अध्यक्ष लाल बहादुर थापाको अध्यक्षतामा १५ सदस्य सचिवालय गठन गरेको आईतबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

सचिवालयमा उपाध्यक्ष केशर छन्त्याल, सचिव भरत पुरी, उपसचिव चक्र थापा रहनुभएको छ । यस्तै सदस्यहरुमा हरि बहादुर घर्ती, श्याम पुन, इन्द्र थापा, पिङ्गलराज गौतम, जीवन आचार्य, याम बहादुर श्रीस, सिता छन्त्याल थापा, शालिकराम शर्मा, बेदप्रसाद शर्मा, प्रदीप आचार्य र सुरज बोसेल रहुनभएको छ ।

जिल्ला कमिटीको पहिलो बैठकले जिम्मेबारी बाँडफाँड समेत गरेको छ । अध्यक्ष लाल बहादुर थापालाई संगठन विभाग, सचिव भरत पुरी स्कुल विभाग प्रमुख, श्याम पुन जनजाति प्रमुख, इन्द्र थापा भौतिक योजना तथा यातायात इन्चार्ज, पिङ्गलराज गौतम पेशागत इन्चार्ज, जीवन आचाय बुद्धिजिवी इन्चार्ज, सिता छन्त्याल थापा महिला इन्चार्ज, शालिकराम शर्मा प्रचार विभाग प्रमुख, प्रदीप आचार्य युवा संघ इन्चार्ज, सुरज बोसेल खेलकुद महासंघ इन्चार्ज, आशिष थापा काठेखोला गाउँपालिका इन्चार्ज, चक्र बहादुर गुरुङ मजदुर इन्चार्ज, डोलेन्द्रराज शर्मा क्याम्पस शाखा इन्चार्ज, नर बहादुर विक सांस्कृतिक, कृषि इन्चार्ज, नारायण पौडेल विद्यार्थी इन्चार्ज, प्रदिप जिसी स्वास्थ्य इन्चार्ज, भूमिराज शर्मा ज्येष्ठ कम्युनिष्ट इन्चार्ज, रमजान खाँ मुस्लिम इन्चार्ज, सुनिता पुरी सहकारी विभाग प्रमुख, सुरेन्द्र खड्का उद्योग बाणिज्य प्रमुख र हरि प्रसाद सापकोट उद्योग इन्चार्ज तोकिएको छ ।

बैठकले ३ महिना भित्र सबै जनसंगनहरु र पेशागत संगठनहरुको जिल्ला कमिटीहरु गठन गर्ने, सवै जनसंगठनहरुले आफ्नो तहको कार्यकर्ता भेल ागर्ने, युवा संघ बागलुङको नगर भेला असोज २१ गते गर्ने, अनेरास्ववियूको भेला कार्तिक महिना भित्र गर्ने, अनेमसंघ क्षेत्रीय कमिटीको बैठक असोज महिना भित्र गर्ने, बुद्धिजीवी परिषदको भेला, जैमिनी नगर युवा भेला, प्रेस संगठनको भेला, मजदुर भेला कार्तिक महिना भित्र गर्ने, बागलुङ, ढोरपाटन र काठेखोलाको पार्टी पालिकास्तरको भेला कार्तिक १५ भित्र गर्ने र ३ महिनाभित्रमा प्रत्येक वडामा पार्टी सदस्यता विस्तार गर्ने निर्णय गरेको अध्यक्ष लाल बहादुर थापाले जानकारी दिनुभयो ।

नेकपा एमाले विभाजन गरी गरी ९ भदौमा निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको पार्टीले बागलुङमा ९ असोजमा जिल्ला भेलाको आयोजना गरि जिल्ला कमिटी गठन गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here