युवा फरवार्ड मनिषको गोलमा नेपालको जित

काठमाडौं, १५ असोज । युवा फरवार्ड मनिष डाँगीको सानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । पहिलो खेलमा १-० को जित दर्ता गर्दै नेपालले ३ अंक जोडेको छ ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक सावित भयो । उनले काउन्टर अट्याकमा आएको आक्रमणलाई अघि बढाउँदै गोल गरेका थिए । तीन डिफेन्डरको चुनौती काट्दै उनले गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।

दोस्रो हाफको ६९ औं मिनेटमा नवयुगको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए ।

यस जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here