
पोखरा, १५ असोज । पाँच किलो गाँजासहित एक युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
धादिङ रोरा गाउँपालिका–४ घर भएका २४ वर्षीय रोशन थोकरलाई पोखरा–३० पावर हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग १ ख ९४०३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार थोकरको साथबाट गाँजा फेला पारेको थियो । पक्राउ परेका थोकर उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









