एनभीए भलिबल च्याम्पियनसिपबाट गल्कोट बाहिरियो

बागलुङ, १४ असोज । वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनल खेलमा गल्कोट स्पोर्टस् क्लब विभागीय भित्रुवन आर्मी क्लबसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । गल्कोटले राष्ट्रिय खेलाडीले भरिपुर्ण आर्मीलाई कडा चुनौती दिएपनि हार टार्न सकेन ।

आर्मीले पहिलो सेटमा २५–१५ को सहज जित हात पारेको थियो । दोस्रो सेटमा आर्मीलाई कडा चुनौती दिदै समर्थकको साथ पाएको गल्कोटले २५–१९ खेल आफ्नो पक्षमा पार्दा खेल निकै रोमाञ्चक बन्न पुगेको थियो ।

१२–१२ को अवस्थामा अघि बढेको गल्कोटले लगातार अंक जोड्दा आर्मीले ७ अंक मात्रै जोड्न सकेको थियो । त्यसपछि खेलमा फर्किएको आर्मीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । क्वाटरफाइनलमा पराजित भएको गल्कोट प्रतियोगिताबाट बाहिरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here