
बागलुङ, ११ असोज । नेपाल तेक्वान्दो संघ बागलुङकोे चौथो जिल्ला अधिवेशनलबाट निर्वाचित समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
गत महिना भएको अधिवेशनले कर्ण बहादुर बोहराको अध्यक्षतामा चयन भएको समितिको पदस्थापन भएको हो ।
समितिका अध्यक्ष बोहोराले उपाध्यक्ष ओमकार थापा, बालकृष्ण शर्मा, सचिवमा नन्दु विष्ट, सहसचिव सुमन बाँस्कोटा, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, सदस्यहरु टकबहादुर बोहरा, चन्द्र गर्वुजा, कृष्ण केसी, अर्विन थापा मगर, तार्जन कायत मगर, अनिता घिमिरे, राजन बोहरा, नविन शिषिर विक र गण्डकी प्रदेश तेक्वान्दो संघले सदस्यमा मनोनित गरेको सुवास आचार्यलाई पदस्थापन गराएका थिए ।
पदस्थापनसंगै बसेको बैठकले नेपाल तेक्वान्दो संघ बागलुङको पहलमा बाङगेचौरमा निर्माण गरेको बहुउद्देश्यीय कवर्डहललाई पुर्णता दिएर संचालन गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको छ ।